Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, कार्तिक २८, २०८२
☰
Logo शुक्रबार, कार्तिक २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • २. हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ३. सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • ४. हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ५. हेर्नुस तपाइँको आजको राशीफल

  • ६. तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ७. हेर्नुस तपाइँको आजको राशीफल

  • ८. हेर्नुस तपाईंको आजको राशीफल

  • ९. भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई, क्यानविरुद्ध अख्तियारमा निवेदन

गोनपामा कार्यपालिका सदस्य निर्वाचन : कांग्रेस-नेकपा एसको उम्मेद्वारी, अन्य दललाई हारको डर !

अश्विन दानी
गोरखा, १५ जेठ-

यही १९ जेठमा हुने कार्यपालिका सदस्यको निर्वाचनका लागि गोरखा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको मात्र उमेद्वारी परेको छ । आठ जना सदस्य पदको निर्वाचनका लागि मनोनयनको अन्तिम समयसम्म पनि दुई दलको तर्फबाट मात्र उम्मेद्वारी परेको हो । कांग्रेसको तर्फबाट सात जना र नेकपा एसको तर्फबाट एक जनाको उम्मेद्वारी परेको छ ।

कांग्रेसबाट निर्वाचित महिला सदस्यमध्येबाट रञ्जिला श्रेष्ठ, सावित्रा थापा पुलामी, अप्सरा बयलकोटी, कमला भट्ट, सीता मग्राती र दलित तथा अल्पसंख्यकको मनोनीत तर्फबाट पम्फा गान्धारी र पवित्रा विकको उम्मेद्वारी परेको छ । यस्तै, नेकपा एसको तर्फबाट रामबहादुर रम्तेलले मनोनयन दर्ता गरेका छन् ।

गोनपामा कार्यपालिका सदस्यको आठ पदका लागि निर्वाचन हुँदै थियो । तर, आठ जनाको मात्रै उम्मेद्वारी परेपछि चुनाव नहुुने भएको छ । मनोनयन दर्ता गरेका सबै सदस्यहरू निर्विरोध चयन हुने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन ।

कार्यपालिकामा मेयर, उपमेयरसहित २४ जना सदस्य रहन्छन् । कांग्रेसको कार्यपालिकामा स्पष्ट एकल बहुमत भएको छ । कांग्रेसको उपमेयरसहित १४ जना सदस्य कार्यपालिकामा हुने भएका छन् भने माओवादीको मेयरसहित ६ जना, नेकपा एमालेको २, नेकपा एसको १ र स्वतन्त्र १ रहने पक्का भएको छ ।

कार्यपालिका सदस्यमा ‘नेकपा एस’ को इन्ट्री

गोनपाको कार्यपालिका सदस्यमा नेकपा एसले इन्ट्री मार्ने पक्का भएको छ । नेकपा एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एसको तर्फबाट गोनपाको कार्यपालिका सदस्यमा रामबहादुर रम्तेलले इन्ट्री हुने भएकाे हाे ।

गोनपामा नेकपा एसले नेपाली कांग्रेसलाई समर्थन गरेर निर्वाचनमा होमिएको थियो । कांग्रेसलाई समर्थन गरेर चुनाव लडे पनि एसको भागमा एक जना वडा सदस्य समेत परेको थिएन ।

कांग्रेसले सल्लाह गरेर नै नेकपा एसलाई एक जना सदस्य दिने निर्णय गरेर मनोनयन दर्ता गराउन लगाएको स्रोत बताउँछ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा गोनपामा कांग्रेसलाई समर्थन गरे बापत नेकपा एसले एक जना कार्यपालिका सदस्य पाउने निश्चित भएको छ । कांग्रेसको समर्थन नपाएको भए नेकपा एसको गोनपामा कुनै प्रतिनिधी हुँदैनथे ।

अन्य दललाई चुनाव अघि नै हारको डर, उम्मेद्वारी नै दर्ता गरेनन्

गोनपाको कार्यपालिका सदस्य निर्वाचनका लागि कांग्रेस र नेकपा एसबाहेक अन्य दलले मनोनयन नै दर्ता गरेका छैनन् । मेयर उपमेयर सहित ७२ जना जनप्रतिनिधी मध्य कांग्रेस एक्लैले उपमेयरसहित ४६, माओवादीले मेयरसहित १८, एमालेले ७ र एक स्वतन्त्र उमेद्वारले जनप्रतिनिधी जितेका थिए ।

कार्यपालिका सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधीले मात्रै मतदान गर्न पाउँछन् । गोनपामा माओवादी, एमाले र स्वतन्त्र मिल्दा पनि कांग्रेससँग टक्कर गर्न सक्दैनन् । कांग्रेसको स्पष्ट एकल बहुमत छ । त्यसैले कांग्रेस र नेकपा एस वाहेक अन्य दलहरुले कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गरेर हार ब्यहोर्नु भन्दा उमेद्वारी नै दर्ता नगर्नु उचित ठानेको देखिन्छ ।

नेकपा एमालेका गोनपा नगर कमिटी अध्यक्ष देबी बहादुर बस्नेत भन्छन्,‘एमालेको निर्वाचित जनप्रतिनिधीको संख्या कम छ । अन्य दलसँग मिलेर जाँदा पनि कांग्रेससँग जित्ने अवस्था देखिएन । मनोनयन दर्ता गरेर हार ब्यहोर्नु भन्दा नगर्नु नै ठिक हुन्छ भनेर यस विषयमा हामीले पार्टीमा कुनै छलफल नै गरेनौँ ।’

एमाले मात्रै हैन, कार्यकारी पद मेयर जितेको माओवादीले पनि निर्वाचनमा गए हार्ने डरकै कारण कार्यपालिका सदस्यमा उम्मेद्वारी नै दिएन । कांग्रेसबाहेक सबै दल मिल्दा पनि चुनाव जित्ने अवस्था नदेखेपछि माओवादीले उम्मेद्वारी नै नदिएको हो ।

‘जसको जहाँ सम्भावना छ उसले त्यहाँ मात्रै दाबी गर्ने सल्लाह भयो । मनोनयन दर्ता गरेको खण्डमा चुनाव हार्ने स्थिती पनि थियो । त्यसैले पार्टीमा पनि सहमति भयो, पार्टीमा भएकै सहमति अनुसार उम्मेद्वारी दिएनौँ’, माओवादीका गोनपाको नगर कमिटी अध्यक्ष एवं गोनपाका मेयर कृष्ण रानामगरले भने ।

मेयर गुमाएर पनि कांग्रेसले गोनपामा ‘साख’ गुमाएन

स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसले गोनपामा मेयरसहित स्पष्ट बहुमत ल्याएको थियो ।

तर, भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा भने कांग्रेसले आफ्नो मेयर पदका उम्मेद्वारलाई जिताउन सकेन् । पूर्वमेयर समेत रहेका राजनराज पन्त माओवादीका कृष्ण रानामगरसँग पराजित भए । कांग्रेसले मेयर गुमायो । तर, गोनपामा आफ्नो पार्टीको ‘साख’ भने गुमाएको छैन् ।

उपमेयरसहित कार्यपालिका र नगरसभामा एकल बहुमत पायो । गोनपाको नगर सभामा पनि कांग्रेसले स्पष्ट एक बहुमत पाएको छ । गोनपाको नगरसभामा मेयर, उपमेयरसहित ७५ जना सदस्य रहने छन् । जसमध्य कांग्रेससँग एक्लैको ४८ जना सदस्य हुनेछन् । माओवादीको १८, एमालेको ७, स्वतन्त्र १ र नेकपा एसको १ जना सदस्य भएका छन् ।न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए
लोकतान्त्रिक विद्यार्थी संघ चितवनद्वारा CTEVT सम्बन्धी नीतिगत सुधारको माग
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

ताजा समाचार

सबै

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

लोकतान्त्रिक विद्यार्थी संघ चितवनद्वारा CTEVT सम्बन्धी नीतिगत सुधारको माग

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालमै पहिलो पटक सिएमसीमा रोबोटबाट बिरामीको अप्रेशन सुरु

चितवनमा भोलि नेकपा एमालेको जनसभा, र्याली समेत गरिने

किन दिए सन्तोष परियारले राजीनामा ? यस्तो छ राजीनामा पत्र

भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज

सिंगापुरको उपचारपछि सभापति देउवा दम्पती स्वदेश फर्किँदै

पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर

कस्तो रहला आज देशभरको मौसम ?

हेर्नुस तपाइँको आजको राशीफल

चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ३.
    सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • ४.
    हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ५.
    हेर्नुस तपाइँको आजको राशीफल

  • ६.
    तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech