काठमाडौं, ४ भदौ
सरकारले छोटा भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक/दुई हप्ताभित्रै प्रतिबन्ध हटाउने तयारी भइरहेको जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्षको कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै सरकारले त्यतिबेला टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ९ महिनापछि टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







