काठमाडाैं, भदौ २
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट विशिष्ट व्यक्तिहरूको नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावत छन् । उनलाई प्रहरीको साइबर ब्यूरोले सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो ।
त्यसविरुद्ध डंगोलले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।







