काठमाडौं, २ भदौ
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
झाविरुद्ध गत साउन २९ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेका थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाइएको छ ।







