काठमाडौँ, भदौ २-
पराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणका लागि प्रस्थान गरेकी छिन्।
मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि उनी केहीबेर अघि मात्रै त्यसतर्फ प्रस्थान गरेकी हुन्।
उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ।







