सोलुखुम्बु, १ भदौ
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित आज गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले दुईवटा पोखरी फुटेको र अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिइन् ।
उनका अनुसार बाढीले एकजना बेपत्ता भएका छन् । २० वटा घर र होटेल पूर्णरूपमा क्षति भएको छ । एउटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको छ ।







