काठमाडौं, २८ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् ।
“…मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपसिलबमोजिम सुझावहरू सम्माननीयसामु पेस गर्न चाहन्छु,” उनले लेखेका छन् ।
उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याजपीडितको समस्या समाधान, संविधान संशोधनलगायत विषयमा सुझाव पेस गरेका छन् ।