काठमाडौँ, साउन २७-
सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो ।
स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका हुन् ।
स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।







