दैलेख, २६ साउन
दैलेखको नारायण नगरपालिका–५ लेकाली टोलमा घर भत्किँदा दुई जना घाइते भएका छन् ।
शनिबार बिहान घर भत्किँदा २१ वर्षका गणेश बिक र १४ वर्षका मंगल बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक(डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।
सुतिरहेका दाजुभाइ घाइते भएको र लगत्तै उद्धार गरी दैलेख अस्पतालमा पठाएको थियो । प्राथमिक उपचारपछि गम्भीर घाइते गणेशलाई सुर्खेत पठाएको र मंगलको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।







