ओखलढुंगा, २५ साउन
ओखलढुंगामा आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार शेर्पाले आफ्ना चार वर्षीय र सात वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए ।
जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियामा तामाको भाँडो आगोमा तताएर त्यसभित्र बालकलाइ राखिएको देखिन्छ ।
त्यस्तै, खुट्टासमेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । उक्त भिडियो जीवन लिम्बुको फेसबुक पेजबाट पोस्ट भएको देखिन्छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







