काठमाडाैं, साउन २३
बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको ३ सदस्यीय आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आयोगको अन्य सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । छानबिनका लागि उक्त समितिलाई ३० दिनको समय दिइने मन्त्री गुरुङले बताए ।
बुधबार दिउँसो भएको दुर्घटनामा क्याप्टेन अरुण मल्लसहित ५ जनाको मृत्यु भएको थियो । मृत्यु भएका पाँचमध्ये चारजना चिनियाँ नागरिक रहेको खुलेको छ ।
हेलिकप्टर पाइलट अरुण मल्लले उडाएका थिए ।
काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा बुधवार दिउँसो दुर्घटनामा परेको हो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







