काठमाडौं, २२ साउन
इटहरी उपमहानगरपालिकाले चारवटा नगर बस सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरले खरिद गरेका चारवटा विद्युतीय नगर बस इटहरी ल्याइएको छ ।
इटहरी नगरभरि सहज र सरलरूपमा यातायातको सेवा दिन विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
उनका अनुसार बस आगामी असोज १ गतेबाट सञ्चालनमा ल्याइने छ । चारवटा बसले इटहरीको चारवटै क्षेत्रलाई समेट्ने गरी सेवा दिने नगरप्रमुख पौडेलले बताए ।
बसमा जीपीएस, सीसी क्यामेरासहितका प्रविधि जडान गरिने छ ।







