काठमाडौं, २० साउन
सत्तारूढ दल नेकपा (एमाले)का मनोनीत उपाध्यक्ष गुरु बरालसहित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन् ।
एमाले स्थायी कमिटी सदस्यमा मनोनीत मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठले पनि सोही अवसरमा शपथ लिएका एमालेले जनाएको छ ।
गएको बिहीबार बसेको पार्टी सचिवालय बैठकबाट उनीहरूलाई उक्त पदमा मनोनयन गरिएको थियो ।