विराटनगर, साउन २०-
मोरङको रंगेलीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । आज (आइतबार) बिहान स्कुल बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको १ क १७०० नम्बरको गाडीले जगन्नाथलाई ठक्कर दिएको थियो ।
तीब्र गतिमा रहेको बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठाकुर सवार साइकललाई ठक्कर दिएको थियो ।







