काठमाडौं, साउन १७
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन्।
बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै बालेनले यस्तो बताएका हुन्।
बालेनले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा पनि काममा समय दिनुपर्ने बताए।
उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए।