काठमाडौं, १७ साउन
नेकपा (एमाले)को उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरिएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकबाट उनलाई उपाध्यक्षमा मनोनीत गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो ।
यस्तै, एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ ।
सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनीत गरिएको महासचिव पोखरेलले बताए ।