रुकुम पश्चिम, साउन १६
रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौरजहारी नगरपालिका- १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।
उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका- १ चौरजहारी बजारस्थित एक होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







