काठमाडौँ, ११ साउन
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’का एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिल सी रहेको प्रहरीले जनाएको छ ।
आरोपीले जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बमले उडाउने धम्की दिएका थिए ।
उनलाई बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
उनीविरुद्ध साउन ८ गतेदेखि लागू हुने गरी अभद्र व्यवहार मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।







