Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ २४, २०८२
☰
Logo शनिबार, माघ २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ३. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ६. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • ७. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

  • ८. २० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ९. जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

  • १०. फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा

रामपुर (पाल्पा), ९ साउन : 

अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् । आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् । तर, हटाउन भने नसकिरहेको अभिभावकहरु बताउँछन् ।

शैक्षिक क्षेत्रमा रचनात्मक क्रियाकलाप गराउँदै आइरहेको पाल्पा रामपुरको एउटा विद्यालयले भने नयाँ अभ्यास सुरु गरिसकेको छ । बालबालिकालाई मोबाइलमा व्यस्त रहने बानी हटाउन विद्यालयले साङ्गीतिक कक्षाको सुरुवात गरेको छ । रामपुर नगरपालिका–५ स्थित रामपुर आधारभूत विद्यालय अहिले सङ्गीतमय हुन थालेको छ । विद्यालयले सुरुवात गरेको सङ्गीत कक्षाले विद्यार्थी, अभिभावक मात्र नभइ. समुदायका अन्य विद्यालय, सरोकारवालाको ध्यानसमेत तानिरहेको छ । यहाँ बिहानको समयमा सङ्गीत कक्षा चलिरहेको छ । विद्यालय समयमा पढाइ प्रभावित नहोस् भनेर बिहान सङ्गीत कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थी हसिलो मुद्रामा उत्साहित हुँदै सङ्गीत सिकिरहेको दृश्य देख्न सकिन्छ । यो सिकाइले छिमेकी विद्यालय तथा समुदायमा राम्रो प्रभाव पारेको छ । विद्यार्थीलाई घरमा मोबाइल हेर्ने बानी हटाउन, बिदाको दिनमा विद्यार्थीले केही नयाँ कुरा सिकुन भनेर शैक्षिक सत्रको वर्षे बिदा सुरु भएपछि बिहानमा वाद्यवादन सिकाउन थालिएको प्रधानाध्यापक विजय शर्मा बताउनुहुन्छ ।

“घरमा फुर्सदको समय विद्यार्थी मोबाइल, टिभीमा व्यस्त हुने, बिदाको समय सदुपयोग गराउन, मानव जीवनलाई ऊर्जामय बनाउन, विद्यार्थीलाई रचनात्मक कार्य सिकाउन बाद्यवादन कक्षा सुरुवात गरेका हौँ,” उहाँले भन्नुभयो, “बिदाको समय भनेर विद्यार्थीले अनावश्यक समय बिताउन पाइरहेका छैनन्, उनीहरुको समय यतिबेला पढाइ र सङ्गीतमा केन्द्रित बनेको छ, विद्यार्थी सक्रिय भएर बाद्यवादन सिकिरहेका छन्, घरमा मोबाइल हेर्ने बानी कम हुँदै गएको छ” ।

विद्यालयले हार्मोनियम, झ्याली, मादल, झुर्मा, बाँसुरी, मजुरा लगायतका विभिन्न बाद्यवादनका सामग्रीको बन्दोबस्त गरेको छ । बाद्यवादनका सामग्री खरिदका लागि जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले रु ५० हजार सहयोग गरेको प्रअ शर्माले बताउनुभयो । ओकेबाजेको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट गरी करिब रु एक लाखको बाद्यवादनका सामग्री खरिद गरी सङ्गीत कक्षा थालनी गरिएको उहाँको भनाइ छ । विद्यार्थी तथा अभिभावक, सरोकारवाला निकायले विद्यालय समयमा नै सङ्गीतका लागि छुट्टै कक्षा सञ्चालन गर्न माग आएमा सङ्गीत कक्षा चलाउने प्रअ शर्मा बताउनुहुन्छ ।

सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर नभइ समूह बनाएर फरक–फरक खालको बाजा बजाउन सिकाउने गरिएको छ । विद्यालयका सङ्गीतद्वय शिक्षक चोलाकान्ती विक र तुल्सी गौतमलाई बाद्यवादन सिकाइको जिम्मेवारी दिएर कक्षा चलाइरहेको छ । बिदाको समयमा हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सङ्गीत कक्षा सञ्चालन गरिएको छ । बाद्यवादन कार्यमा कक्षा २ देखि ८ सम्मका विद्यार्थी सहभागी छन् । विद्यालयबाट घरमा आएपछि गृहकार्य सकाएर मोबाइल हेर्ने, खेल्ने गरेर समय बिताउने गरेकोमा अहिले विद्यालयले सङ्गीत कक्षा सुरु गरेपछि मोबाइल हेर्ने समय रचनात्मक कार्यमा बिताइरहेको अभिभावक भगवती खनाल बताउनुहुन्छ ।

“बच्चाबच्ची घरमा मोबाइलमै व्यस्त हुने, कति कोसिस गर्दा पनि मोबाइल हेर्ने बानी हटाउन सकिएको थिएन, खाना खाँदा पनि मोबाइल नभइ नहुने बानी बसेको छ, अहिले विद्यालयले बाद्यबादन सिकाउन थालेपछि बच्चाहरु सङ्गीत सिक्नमा आकर्षित भएका छन्, विद्यालयले असाध्यै राम्रो कार्य थालनी गरेको छ” अभिभावक खनालले भन्नुभयो ।

विद्यालयमा आएर मादल, हार्मोनियम लगायतका बाजा बजाउन सिक्दा रमाइलो लागेको कक्षा ६ मा पढ्ने छात्र प्रयास अधिकारीले बताउनुभयो । उहाँले घरमा गृहकार्य सकाएर विद्यालयमा विभिन्न थरीथरिका बाजा बजाउन सिकिरहनुभएको छ । अहिलेको समस्या भनेको बालबालिकालाई मोबाइल हेर्न कसरी छुटाउने भन्ने छ । यो समस्याले अभिभावलाई पिरोलिरहेको हुन्छ । सङ्गीत कक्षाले यो समस्या समाधानमा सहयोग गरेपछि यहाँका अभिभावक खुसी छन् ।

यहाँ सञ्चालन भएको सङ्गीत कक्षा बाद्यबादक भुपराज पौडेलले चलाउनुभएको छ । विद्यालयले यस कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान बाहेक रचनात्मक तथा सीपमूलक कार्यमा जोड दिएर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताउनुभयो ।

“कतिपय बाजा तथा गीत, सङ्गीत लोपउन्मुख छन् । लोपउन्मुख कला र संस्कृतिको जगेर्नामा पनि हाम्रो अभियान सहयोगी बन्नेछ” अध्यक्ष गौतमले भन्नुभयो ।

Chitwan Aaja चितवन आज
बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

ताजा समाचार

सबै

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन भरतपुर

वरिष्ठ कलाकार सुनिल थापाको निधन

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त

चितवन–२ मा मीना खरेलको घरदैलो अभियान

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट ,कतिमा हुदैँछ कारोबार ?

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ६.
    इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.