काठमाडौँ, ०९ साउन
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ ।
दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ । दुर्घटना स्थलबाट ८ जनालाई उद्धार गरिएको सैनिक प्रवक्ता (सहायक रथी) गौरव कुमार केसीले बताए ।
विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको खुलेको छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको हो। जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।







