२२ असार, काठमाडौं
स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो ।
पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो ।
माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







