२० असार, धनगढी
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएका छन् ।
बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् ।
रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् ।
आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार