काठमाडाैं, असार २०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेबसाइटबाट हटाएको छ ।
पार्टीका आन्तरिक विषय मिडियामा ल्याएको भन्दै पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेको थियो ।
बिहीबार बिहानसम्म ढकालको नाम रास्वपाको आरएसपीडटओराजीमा थियो । तर, अहिलेको वेबसाइटमा उनको नाम देखिँदैन ।
यसअघि उपसभापति डा. स्वर्णिम वाग्लेपछि महामन्त्री एवं प्रवक्तामा ढकालको नाम थियो । तर, वाग्लेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम राखिएको छ ।
महामन्त्री ढकाल निलम्बनमा परेपछि रास्वपाले बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री बनाएको छ भने मनिस झालाई प्रवक्ता बनाएको छ।
सात दिने निलम्बन भनिए पनि ढकाल अब रास्वपामा सक्रिय हुने सम्भावना निक्कै कम रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







