१४ जेठ, जनकपुरधाम
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
दुई पटक ३/३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो ।
तर जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।
सोमबार उनलाई काव्य अस्पतालबाट एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








