काठमाडौँ, २० वैशाख
सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना बयानका लागि सर्वोच्च अदालत पुगेका छन् ।
अदालतको अवहेलनमा मुद्दामा सर्वोच्चले आदेश दिएबमोजिम उनीहरु बयानका लाागि सर्वोच्च पुगेका हुन् । बिहिबार बिहान उनीहरु दुवैजना सर्वोच्चमा पुगका छन् ।
सर्वोच्च अदालतले सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार बिहान ६ बजेर २ मिनेटमा प्रकाशन र प्रसारण भएका ‘द डार्क फाइल’ श्रृङ्खलाका सामग्रीले अदालतको अवहेलना भएको भन्दै प्रतिवेदन उठाएको थियो । त्सयसपछि सर्वोच्च अदालतले गत सोमबार उक्त निवेदन फाैजदारी दायरीमा दर्ता गराउन, अदालतकाे अवहेलनामा किन कारवाही गर्नु नपर्ने हाे, आधार कारण भए सवुद प्रमाणसहित अदालतमा उपस्थित हुन, सिधाकुरामा प्रकाशन र प्रसारण गरेका सामग्री २४ घण्टाभित्र हटाउन, सो विषयसँग सम्बन्धित थप सामाग्री प्रकाशन र प्रसारण नगर्न नगराउन आदेश भएकाे थियाे । त्यस्तै सिधाकुराले श्रब्य दृश्यमा उठाएकाे विषयवष्तुकाे प्राविधिक अध्ययन गरी १५ दिनभित्र महान्यायाधिवक्ताकाे कार्यालयमार्फत अदालतमा पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखि पठाउने आदेश भएकाे थियाे ।
सर्वोच्चका न्यायधिशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले दिएको आदेश बमोजिमको ‘द डार्क फाइल’का सबै सामग्री हटाएर प्रकाशक र सम्पादक बयानका लागि सर्वोच्च पुगेका हुन् । समाचार स्रोत: सिधाकुरा