पर्सा, १९ वैशाख
पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो ।
चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।५/६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । दुई जना पक्राउ परे पनि रकम भने प्रहरीले थोरै मात्रामा बरामद गरेको छ ।
बाँकी रकम भारत पुर्याइसकेको आशंका प्रहरीले गरेको छ । चोरी गर्नुे समूहका थप व्यक्ति समेत भारत पुगेको आशंका प्रहरीले गरेको छ ।