बुटवल, १९ बैशाख
अश्लील भिडियो बनाएर महिलालाइ ब्ल्याक मेल गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ रहेका छन् ।
एकल महिलालाई ब्ल्याक मेल गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरेको हो ।
गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ । गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक पटक बलात्कार गरेको महिलाको आरोप छ ।
ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।