ललितपुर, १८ वैशाख
ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको एसपी सुवेदीले बताए । सुवेदीका अनुसार शङ्कर प्रहरीको अवस्था गम्भीर छ ।
ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ ।