१६ वैशाख, इलाम
इलाम- २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १००० पुर्याएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन् ।
फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने धेरै कम मतका साथ चौथो स्थानमा छ ।