इलाम, १६ वैशाखः
इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाएका हुन् ।
सुहाङले ३ हजार २४९ मत पाएका छन् भने खड्काको २ हजार ४६९ मत रहेको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ४३४ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार