Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष २८, २०८२
☰
Logo सोमबार, पुष २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

गृहनगरमा पार्टी पराजयसँगै डा. बाबुराम भट्टराईलाई चुनाैती

-अश्विन दानी्
गोरखा, ५ जेठ-

चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए, ‘गठबन्धन आवश्यकता र औचित्यता हेरेर वडावडामा पनि त गर्न सकिन्छ । सके सबै मिलौँ, नसके कुनै दुई वा तीन दलमात्र मिल्दा फाइदा हुन्छ भने त्यत्ति मिल्दा पनि भइहाल्छ ।’

जतिबेला डा. भट्टराईले यो वक्तव्य दिँदै थिए, त्यसबेला गोरखामा सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) बीच भागबण्डामा कुरा नमिल्दा अन्याेलता थियो । त्यति नै बेला भट्टराईले सबैलाई मिलाएरभन्दा फाइदा हेरेर दुई वा तीन दलीय गठबन्धन गर्दा हुने संकेत गरेका थिए ।

सोही दिन डा. भट्टराईले भनेका थिए, ‘सत्ता गठबन्धनका दलभन्दा बाहिर जानु पो भएन । गयो भने राजनीतिक नैतिकता रहन्न । गर्नै हुन्न भन्ने चाहिँ होइन, तर नैतिक रुपले राम्रो हुदैन ।’

भट्टराईले सत्ता गठबन्धनकै प्रयोग गरेर आफ्नो गृहनगर पालुङटारमा जसपाको नेतृत्व ल्याउन हदैसम्मको प्रयास नगरेका पनि हैन । स्रोतका अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पालुङटारमा कांग्रेसले जसपालाई मेयर जिताउन साथ नदिए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने धम्कीसम्म दिन भ्याए ।

भट्टराईको घुर्कीले प्रधानमन्त्री पद गुमाउने डर पलाएपछि देउवाले एक्लाएक्लै चुनावी मैदानमा जाने निर्णय गरेर उम्मेद्वारी दर्ता गराइसकेका कांग्रेसका मेयर पदका उम्मेद्वारलाई उ्म्मेद्वारी फिर्ता लिन हदैसम्म दबाब दिए । सहजै उम्मेद्वारी फिर्ता लिन नमानेपछि मनोनयन फिर्ताको दिन देउवाले नै निर्वाचन अधिकृतको कार्यालयमा आफैंले पालुङटारमा कांग्रेसको मेयर पदका उम्मेद्वारको उम्मेद्वारी फिर्ता गर्न भन्दै पत्र पठाए ।

तर, उम्मेद्वारी फिर्ताको समय सकिएपछि पत्र आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले देउवाले पठाएको त्यो पत्रको कार्यान्वयन गरेन । त्यसपछि पनि देउवाले आफ्ना उम्मेद्वारलाई निवासमा बोलाएर उम्मेद्वारी स्थगन गर्न दबाब दिए ।

तर, देउवाको जोडबल पालुङटारका कांग्रेसी नेता, कार्यकर्ताले सुनेनन् । भट्टराईले आफ्नो गृहनगरमा आफ्नै पार्टीको मेयर बनाउन र देउवाले सरकार जोगाउन अन्तिम अवस्थासम्म पनि गरेका अनेक प्रयासले काम गरेन । अनि, यहाँ सबै दलहरू एक्लाएक्लै चुनावमा जाने निर्णय गरे ।

तर, भट्टराई भने गृहनगरमा आफ्नै पार्टीको नेतृत्व ल्याउने कुराको ‘सोख’ लाई यत्तिकै मेटाउन सकेनन् । अन्ततः सत्ता गठबन्धन दल बाहिर गएर चुनावी तालमेल गरे राजनीतिक नैतिकता रहन्न भनेका भट्टराईले एमालेसँग मिलेर चुनाव लड्ने निर्णय गरे । मतदान सुरु हुनुभन्दा तीन दिनअघि गत २७ वैशाखमा पालुङटार नगरपालिकामा जसपाले मेयर र एमालेले उपमेयर लिने गरि तालमेलको सहमति भयो । अनि, जसपा-एमालेको गठबन्धन मिलेर चुनावी मैदानमा होमियो । तर, नैतिकतालाई धरौटीमा राखेर सत्तागठबन्धन बाहिर पुगेर एमालेसँग गठबन्धन गरेका बाबुरामले गृहनगरमै हार व्यहोरेका छन् ।

पालुङटार नगरपालिकामा गठबन्धनलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुबैमा जित हासिल गरेको छ । मेयरमा माओवादी केन्द्रका विवस चिन्तनले ६ हजार ७२ मत र उपमेयरमा वन्दना पाण्डेले ५ हजार ५७९ मत ल्याएर निर्वाचित बनेका हुन् । मेयरमा जसपा-एमालेको गठबन्धन उपविजेता बने पनि उपमेयरमा भने कांग्रेस निकटतम प्रतिस्पर्धी बनेको छ । मेयरमा जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याएर उपविजेता बनेका छन् भने उपमेयरमा कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत ल्याएर निकटतम प्रतिस्पर्धी बनेकी छिन् ।

यस्तै, मेयरमा पूर्वमेयर समेत रहेका कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ९९७ मत पाएका छन् । उपमेयरमा गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक ४ हजार २८१ मत प्राप्त गरेकी छिन् ।- न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा
गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन
चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

ताजा समाचार

सबै

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.