इलाम, १५ वैशाख
इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ। शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
प्राम्भिक तथ्यांकानुसार इलाम–२ मा ६६ हजार हाराहारी मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।
इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
हृदयाघातका कारण गएको भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका निम्ति उपनिर्वाचन गरिएको हो ।