काठमाडाैं, बैशाख १५
इलाम २ मा जारी मतदानमा पौने २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।
पौने २ बजेसम्म ४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँयालले जानकारी दिए ।
इलाममा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । अहिलेसम्म ४९ हजारभन्दा बढी मत खसिसकेको छ ।
मतदान शान्तिपूर्ण रूपमा भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
इलाममा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार