चितवन, २१ चैत
ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षीय बिवस रोकाको शव भेटिएको छ । आज आज बिहान इच्छाकामना ६ कालिखोला स्थित त्रिशुली नदीमा शव भेटिएको चितवन प्रहरीले जनाएको छ । उक्त शव आफन्त र जनप्रतिनिधिको रोहवरमा सनाखत गरिएको छ ।
अहिले शव परीक्षणको लागि गोरखा जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
चैत १७ गते बिहान चितवनको इच्छाकामनामा ५ स्थित सिमलधारा नजिक पृथ्वी राजमार्ग सडकखण्डमा ट्याक्सी दुर्घटना भएको थियो ।
काठमाडौँबाट गोरखा तर्फ जान आउँदै गरेको बा २ ज ४१९६ नं. को ट्याक्सी सडकदेखि १५० मिटर तल त्रिशुलि नदिमा खसि दुर्घटना भएको हो । उक्त दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।