काठमाडौँ, माघ २८
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा फागुन ३ गतेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ । छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ ।