काठमाडाैं माघ ९
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन एमाले नेताहरूको टोली बालुवाटार पुगिसकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट शुरू भएको एमालेको संकल्प यात्रा पाँचथरको याङवरक गाउँपालिका–१ स्थित चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएको थियो ।
एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा देखेका समस्या र तिनको समाधानका विषयमा सरकारको ध्यानाकर्षण गराउन लागिएको उनले बताए । यस्तै, समसामयिक विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइने छ ।