Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, जेठ १५, २०८३
☰
Logo शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहनेछ आजको राशिफल

  • ४. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५. यस्तो छ आजको राशिफल

  • ६. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • ८. तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • ९. आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

  • १०. बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

ढिके नुनबाट टाढिँदै बझाङी

बझाङ, ६ पुस
साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किनुभयो । सात दशक पुराना उहाँलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहनुभएको छ ।

विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह) मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।”

उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । “नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पु¥याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,” उहाँ भन्नुहुन्छ । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । “बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो ।”

वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उहाँले बताउनुभयो । “आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् । हामी ढिके नुन खाँएर हुर्कियो , केही भएन ।

खप्तडछान्ना गाउँपालिका–५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । “गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै ।”

गाउँमा २०६४ र ६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उहाँले सुनाउनुभयो । “सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भन्नुभएको थियो । त्यो अहिले पनि सम्झना छ ।” त्यसपछि पाकेटको नुन नै गाउँमा नियमित भएको उहाँले बताउनुभयो ।

वर्षौंदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उहाँले बताउनुभयो । “सुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ । आजभोलि त घर घरै साल्ट्र ट्रेडिङको नुन पुगिसक्यो,” उहाँले भन्नुभयो ।

जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ । सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र ट्रेडिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै ठाउँमा पर्याप्त नुन छ । साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ । धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ । अब एक–दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ ।” अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ । यस वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उहाँले बताउनुभयो । “सरकारले विगतका वर्षहरुमा भन्दा कम वजेट विनियोजन गरेकाले यसपटक कम परिणाम आएको छ । थपका लागि पत्राचार भएरहेको छ । ”

डिपोबाट हरेक दिन बिक्री भइरहेको नुन गत महिनादेखि भने आइतबार मात्रै बेच्ने गरेको भाटले बताउनुभयो । “पहिले नियमित बिक्री गथ्र्यौं । अहिले अपुग हुने देखेपछि एकै दिनमा समेत क्विन्टलको हाराहारीमा बिक्री हुन थाल्यो । त्यसैले साप्ताहिक रूपमा बेच्न सुरु गरेका हौँ,” उहाँले भन्नुभयो ।

के हो आयोडिनयुक्त नुन ?
साल्ट्र ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा आयोडिन एउटा पोषक तत्व भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आयोडिन हाम्रो माटोमा हुन्छ । यदि माटोमा आयोडिनको कमी भयो भने त्यहाँ उत्पादित सामग्री अन्न, तरकारी, फलफूलमा समेत आयोडिनको अभाव हुने गर्छ ।” उहाँले नेपालको भूगोल भिरालो भएकाले आयोडिन माथिल्लो लेअरबाट बग्ने गरेको बताउनुभयो । “माथिल्लो लेअरमा भएको आयोडिन वर्षा, बाढी, पहिरो, भूक्षय, हावाहुरीले सबै बगाएर लिन्छ । यसैले हाम्रो मुलुकमा पाउँदैन । अहिले आयोडिनको मुख्य स्रोत भनेको समुन्द्रको पानी, समुन्द्री जीवजन्तु हुन गएको छ ।”

उहाँले थाइल्यान्डमा अण्डालाई आणाइजेसन प्रविधिबाट आयोडिन मिसाएर समुदायमा वितरण गर्ने गरेको बताउनुभयो । “विभिन्न मुलुकमा आफ्नै तरिकाले आयोडिन उत्पादन गरिरहेका छन् । चीनमा आयोडिन मिसाएको पानीबाट सिँचाइ गरिन्छ । कतिपय देशमा खानामा पाउरोटी हुने र त्यसैमा आयोडिन मिसाउने गरेका छन् । नेपालमा भने समुन्द्रको नुनकै भर पर्नुपरेको छ,” उहाँले भन्नुभयो ।

आयोडिनको कमी हुँदा के हुन्छ ?
गर्भावस्थामा आयोडिन पुगेन भने आमाको गर्भ तुहिन सक्ने अवस्था आउन सक्छ । जन्मिएपछि पनि बालबालिका अपाङ्गता हुने, सुस्तःमनस्थिति, गलगाडको समस्या, बच्चा जन्मने वा गर्भमै मर्नसक्ने लक्षण भएको विभागीय प्रबन्धक झाले बताउनुभयो । उहाँका अनुसार आयोडिन नपुगेको बालबालिका चलाख र क्षमतावान् हुन सक्दैन । मानसिक विकास, बौद्धिक क्षमता, खेलकुदलगायत क्षेत्रमा निकै कमजोर हुने गर्छ ।

महिनावारी हुने अवस्थामा पुगेका किशोरीको महिनावारी गडबढी, अत्यधिक रक्तस्राव हुने, पेट दुख्नेलगायत समस्या पनि आयोडिनको अभावले हुने गरेको उहाँले बताउनुभयो । “बालबालिका मात्रै नभई विभिन्न उमेर समूहमा मान्छेलाई पनि आयोडिनको अभावले धेरै प्रकारका रोगहरू देखिने गरेका छन् ।” विभागीय प्रबन्धक झाले अहिले साल्ट्र ट्रेडिङले हरेक नागरिकलाई पुग्ने गरी मात्रा कायम गरेर सहुलियतमा आयोडिन नुन बिक्री वितरण गर्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार आयोडिनको अपुगले निकै समस्या देखिएपछि सन् १९६५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन ९ डब्ल्युएचओ०, युनिसेफले संयुक्त रूपमा सर्वेक्षण गरेको थियो । त्यो बेलामा ५५ प्रतिशत नेपालीलाई कुनै न कुनै रोग लागेको देखिएको थियो । त्यसपछि आयोडिनयुक्त नुन वितरण गर्दै १९८०, १९९८, २००७ र २०१६ मा गरिएको सर्वेक्षणले भने नेपालीको स्वास्थ्य सुधारोन्मुख देखिएको उहाँले बताउनुभयो ।रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन
नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता
नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

ताजा समाचार

सबै

बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिने

सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री कार्यक्रम’ ल्याइने

पूँजीगत लाभकर अन्तिम हुने

चितवनमा गर्मी बढेसँगै मोहीको माग बढ्दो

चितवनबाट पनि राहादानी घरघर पुर्‍याउने कार्यको थालनी

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल

कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छः राष्ट्रपति पौडेल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहनेछ आजको राशिफल

  • ४.
    पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५.
    यस्तो छ आजको राशिफल

  • ६.
    पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech