काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अमेरिका र चीन भ्रमणका क्रममा चार करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा दिइएको आर्थिक सहायताको विवरणमा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको अमेरिका र चीन भ्रमणका लागि चार करोड ७४ लाख रुपैयाँ दुईजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको उल्लेख छ ।