काठमाडौँ, ५ पुस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल सनातन धर्म संस्कृति संगठनले बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले ‘सुदन किराती राजीनामा दे’, ‘विभेदकारी मन्त्रीलाई कारबाही गर’, ‘धर्मनिरपेक्षता खारेज गर’जस्ता नारा लगाएका थिए ।
बुधवार आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका मन्त्री किरातीले क्रिस्चियन नमान्नेहरू संविधानविरोधी र देशद्रोही बताएका थिए । यसै अभिव्यक्तिको चौतर्फी बिरोध भएको छ।








