Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, जेठ १६, २०८३
☰
Logo शनिबार, जेठ १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहनेछ आजको राशिफल

  • ४. यस्तो छ आजको राशिफल

  • ५. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ६. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • ८. आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

  • ९. तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • १०. बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

महिना नपुगी बच्चा किन जन्मिन्छ, महिना नपुगी बेथा लागेको कसरी थाहा हुन्छ ?

काठमाण्डौं, १६ मंसिर
महिना नपुगी जन्मिएका शिशुमा देखा पर्ने विभिन्न जटिलता पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारण बन्दै गएको छ। सन् २०२० को तथ्याङ्कअनुसार कुल एक करोड ३० लाख अर्थात् प्रत्येक १० मध्ये एक बच्चा समय नपुगी जन्मिएका थिए।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ मा विश्वभरिमा पाँच वर्षमुनिका नौ लाख शिशुको मृत्यु ‘प्रीटर्म’ जन्म अर्थात् महिना नपुगी जन्मिँदा उत्पन्न जटिलताका कारण भएको थियो।

प्रेमचर बेबी के हो ?
गर्भ रहेको ३७ साता पूरा नभई जन्मिएका बच्चालाई ‘प्रीटर्म बेबी’ भनिन्छ। गर्भमा रहेको समयका आधारमा प्रीटर्म जन्मलाई तीन वर्गमा विभाजन गरिएको छ।

– अत्यधिक प्रीटर्म (२८ साताभन्दा कम)

– धेरै प्रीटर्म (२८ देखि ३२ साताबीचको अवधि)

– सामान्य प्रीटर्म वा महिना पुग्नै लागेको बेला भएको जन्म (३२ देखि ३७ साता)

शिशुहरू जति चाँडो जन्मिन्छन् उनीहरूलाई त्यति नै धेरै जोखिम हुन्छ। महिना नपुग्दै बच्चा जन्मिने समस्या विश्वव्यापी छ। प्रत्येक वर्ष बच्चाहरू गर्भमा रहनुपर्ने अवधि पूरा नहुँदै जन्मिरहेका छन्।

महिना नपुगी बच्चा किन जन्मिन्छ ?
यूकेको न्याश्नल हेल्थ सर्भिस एनएचएसका अनुसार गर्भाशयमा बच्चा रहने झिल्ली समयअगावै च्यातिनु र गर्भावस्थामा आउने जटिलता प्रीटर्म जन्मका मुख्य कारण हुन्।

त्यसबाहेक अन्य समस्या यी हुन् :-
सङ्क्रमण, गर्भवती महिलाको स्वास्थ्यमा विद्यमान प्री-इक्ल्याम्प्सिया (उच्च रक्तचापका कारण धेरै टाउको दुख्ने, दृष्टिमा समस्या हुने र बान्ता हुने जस्ता लक्षण देखिन्छन्) जस्ता रोग, पाठेघरको मुखमा हुने कमजोरी, एकभन्दा बढी बच्चा जन्मिएका महिलाको गर्भ।

महिना पुग्नुअगाडि हुने जन्मबारे अनुसन्धान गर्ने यूकेको एउटा च्यारिटी ‘टमी’ ले गरेको एक अध्ययनले कतिपय महिलाको योनी र पाठेघरबीचको भाग महिना नपुग्दै खुलेको पाइएको थियो। उक्त भाग समय नपुगी खुल्दा प्रीटर्म जन्म हुने गर्छ। महिना नपुग्दै हुने जन्म रोक्नका लागि उपचार उपलब्ध छ। ‘सर्भिकल स्टिच’ भनिने उपचारविधिमा शल्यक्रिया गरी पाठेघरको मुखतिर टाँका लगाइन्छ। तर यो उपचारविधि महँगो छ।

महिना नपुगी बेथा लागेको कसरी थाहा हुन्छ ?
टमीमा ‘प्रीटर्म बर्थ सर्भेइलन्स क्लिनिक’ सञ्चालन गर्ने प्रसूति विषयका प्राध्यापक एन्ड्रू शेनानका अनुसार गर्भवती महिलालाई महिना नपुगी बेथा लागेको छ भने त्यसका प्रारम्भिक सङ्केतहरू देखा पर्छन्। त्यस्ता सङ्केतहरू सामान्य अवस्थाकै जस्ता हुन्छन्।

योनीबाट पानी निस्किन सुरु हुनु एउटा लक्षण हो। गर्भभित्र भ्रूणवरिपरि हुने झिल्ली फुट्दा त्यसरी पानी बाहिर निस्किन्छ। अरू लक्षण गर्भाशयमा निरन्तर सङ्कुचन हुनु र योनीबाट रक्तस्राव हुनु वा अन्य तरल पदार्थ बहनु पनि हो।

“अधिकांश हेरचाह प्रतिक्रियामा गरिने हेरचाह हो। यदि बेथा लागेका महिला आए भने उनीहरूलाई बच्चाको स्याहार गर्ने सुविधा भएको ठाउँमा पठाउनुपर्छ।”

“बच्चालाई छिटो जन्मिन तयार पार्न उपयोगी हुने केही औषधिहरू छन्। म्याग्नीसिअमले बच्चाको मस्तिष्कको संरक्षणका लागि सहयोग गर्छ। बच्चाको फोक्सोलाई सक्रिय बनाउन र श्वासप्रश्वासको समस्या रोकथामका लागि आमालाई स्टेरोइड दिन सकिन्छ,” प्राध्यापक शेनान भन्छन्।

महिना नपुग्दै जन्मिएका बच्चाको बाँच्ने दर कस्तो छ ?
महिना नपुग्दै बच्चाको जन्म हुने समस्या जहाँ पनि देखा पर्न सक्छ। तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस्तो समस्या दक्षिण एशिया र सब-सहारा अफ्रिकामा धेरै छ। महिना नपुग्दै जन्मिएका बच्चाहरूको बाँच्ने दर देशअनुसार फरकफरक छ।

उदाहरणका लागि, कम आय भएका देशमा २८ साताअगावै जन्मिएका ९० प्रतिशत बच्चाहरू जन्मिएको केही दिन मात्रै बाँच्ने गरेको देखिन्छ। तर उच्च आय भएका देशहरूमा यस्तो अवधिमा जन्मिएका बच्चाहरूको मृत्युदर १० प्रतिशतभन्दा कम छ।

अत्यधिक कम समय गर्भमा रहेका शिशु पनि कैयौँमा आजीवन अपाङ्गता भएको देखिन्छ। उनीहरूमा सिक्न नसक्ने, आँखा राम्रोसँग नदेख्ने वा कान कम सुन्ने जस्ता समस्या देखिएका छन्। गर्भभित्र शरीर राम्ररी विकसित नभएका कारण उनीहरूमा त्यस्ता समस्या उत्पन्न हुन्छन्।

महिना नपुग्दै जन्मिएकाहरूमध्ये पनि अति नै कम तौल अर्थात् एक केजीदेखि १.३ केजीभन्दा कम तौल भएका बच्चाहरूमा स्वास्थ्य जटिलता वा अपाङ्गताको जोखिम हुन्छ।

महिना नपुगी जन्मिएका बच्चाहरूलाई आफ्नो शरीरको छाला छुवाएर बोक्न विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको छ

महिना नपुगी जन्मिएका बच्चालाई कसरी हेरचाह गर्ने ?
गर्भ रहेको २४ सातापछि जन्मिएका बच्चाहरू पनि बाँच्ने सम्भावना हुन्छ। तर नवजातशिशुलाई जोगाउन अस्पतालमा विशेष हेरचाहसहितको सुविधाआवश्यक हुन्छ।

उनीहरूलाई जीवित राख्नका लागि चाहिने उपकरणहरू यस प्रकार छन्:
इन्क्युबेटर: यो उपकरण नवजातशिशु कक्षमा सबैभन्दा धेरै प्रयोग हुन्छ। यो उपकरणलाई गर्भाशयजस्तै गरी बनाइएको हुन्छ र यसले महिना नपुगी जन्मिएका बच्चाहरूको विकासका लागि सुरक्षित ठाउँको आवश्यकता पूर्ति गर्छ।

भेन्टिलेटर: यसले आफ्नै प्रयासमा सास फेर्न सक्षम भइनसकेका नवजातशिशुमा अक्सिजन र अन्य चापको स्थिर प्रवाह गर्छ।

मोनिटर: यो अत्यावश्यक सङ्केतहरूको निगरानीका लागि प्रयोग गरिन्छ। यसमा मुटुको धड्कन, रक्तचाप र अक्सिजनको मात्रा जस्ता कुरा हेरिन्छ।

इन्ट्रभीनस ड्रिपः यो रक्तनलीबाट बच्चाहरूलाई तरल पदार्थ वा औषधि दिन प्रयोग गरिन्छ।

फीडिङ ट्यूब: यो बच्चाको पेटमा नाक वा मुखको माध्यमबाट खानेकुरा पुर्‍याउन प्रयोग गरिन्छ।

इन्फ्यूजन पम्प: यो आवश्यक पोषण, तरल पदार्थ वा रगत र औषधि दिन प्रयोग गरिन्छ।

नाभीमा राखिने क्याथटर: यो पनि बच्चालाई आवश्यक औषधि र पोषण दिनका लागि प्रयोग गरिन्छ। यसको एउटा उपकरण रक्तचाप मापन र रगतमा निश्चित प्रकारका ग्यासहरूको मापन गर्न पनि प्रयोग हुन्छ।

जीउ छुने गरी बोक्नु किन महत्त्वपूर्ण
गत वर्ष विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ निर्देशिका जारी गर्दै बच्चाको स्याहारसुसार गर्ने व्यक्तिले बच्चालाई जन्मनेबित्तिकै इन्क्यूबेटरमा नराखीकनै ‘स्किन-टु-स्किन कन्ट्याक्ट’ हुने गरी अर्थात् एकअर्काको जीव छुइने गरी बोक्न सुरु गर्नुपर्ने जनाएको थियो।

यो अभ्यासले बाबुआमा र बच्चा दुवैलाई शान्त रहन सहयोग गर्नुका साथै आनन्द महसुस गराउँछ। यस्तो अभ्यासले बच्चाको मुटुको धड्कनको गति र श्वासप्रश्वास पनि नियन्त्रण गर्दै गर्भाशयबाहिरको संसारमा उनीहरूलाई घुलमिल हुन सहज हुने बताइन्छ।

यसले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र खानेकुरामा रुचि जगाउनुका साथै शरीरको तापक्रम पनि नियन्त्रित गर्छ।

विश्व स्वास्थ्य सङ्गठनले उद्धृत गरेको एक अध्ययनका अनुसार बच्चालाई जन्मनेबित्तिकै आफ्नो जीउमा सीधै टाँसिने गरी बोकेर हेरचार सुरु गर्ने हो भने प्रत्येक वर्ष डेढ लाख शिशुहरूलाई बचाउन सकिन्छ। (बीबीसी नेपालीबाट)

Chitwan Aaja चितवन आज
शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन
नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता
नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

ताजा समाचार

सबै

बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिने

सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री कार्यक्रम’ ल्याइने

पूँजीगत लाभकर अन्तिम हुने

चितवनमा गर्मी बढेसँगै मोहीको माग बढ्दो

चितवनबाट पनि राहादानी घरघर पुर्‍याउने कार्यको थालनी

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल

कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छः राष्ट्रपति पौडेल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहनेछ आजको राशिफल

  • ४.
    यस्तो छ आजको राशिफल

  • ५.
    पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ६.
    पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech