काठमाडौं मङ्सिर १३
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो १ बजे देयवा निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ ।
स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा पनि हुनेछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको ‘रिपोर्ट’ प्रस्तुत गर्ने तयारी छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार