काठमाडाैं कात्तिक २४
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज पोखरामा गर्ने भएको छ । राप्रपा नेपाल कास्कीको आयोजनामा हुने सभा पोखराको चाउथे चोकमा हुनेछ । सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।
राजसंस्था पुनःस्थापनाको कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रम गरिरहेको छ ।
सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला र कृष्ण कार्कीलगायत नेताहरूले सम्बोधन गर्ने राप्रपा नेपाल कास्कीले जनाएको छ।