गोरखा, ८ कात्तिक
गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइराला रहेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।