गोरखा, ९ असोज
गोरखाको भीरबाट लडेका एक व्यक्तिको २० घण्टापछि उद्धार गरिएको छ ।
गोरखाको चीनसँग सीमा जोडिएको क्षेत्रमा निषेधित क्षेत्र कायम गरिएको हुँदा नेपाली सेनाबाहेक निजी हेलिकोप्टर पुग्न सक्दैनन् । त्यसैले उद्धारमा अप्ठेरो परेको सो क्षेत्रका सांसद राजेन्द्र बजगाईँले बताए ।
वृद्धलाई हेलिकोप्टरबाट उद्धार गर्ने आफ्नो प्रयास विफल भएपछि गोरखा १ का सांसद बजगाईंले निराशा व्यक्त गर्दै देशमा अर्को क्रान्ति आवश्यक रहेको समेत बताए ।
हिजोदेखिको प्रयासपछि आजमात्रै नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेर घाइतेलाई काठमाडौं ल्याइएको छ ।