चितवन , भदौ २१
लाइफलाइन हेयरट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । सिएमसी अगाडि रहेको उक्त दन्त क्लिनकमा भदौ २३ र २४ गते शिविर हुन लागेको हो ।
संस्थाका सञ्चालक जयराम जोशीका अनुसार शिविरमा काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा उपलब्ध गराइने छ ।
उनका अनुसार शिविरमा अनुहारमा चाउरीपना, चायापोतो, दाग, कोठी भएका र पूर्ण रुपमा तालु भएको, कपाल झर्ने समस्या भएका बिरामीको आवश्यक परीक्षण गरिने छ ।
उक्त हेयर केयर क्लिनिकमा नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध छन् ।
उक्त हेयर केयर क्लिनिकले दांँतसम्बन्धी चेकजाँच निःशुल्क गर्ने गरेको छ भने उपचारमा २० प्रतिशत छुट दिँदै आएको छ ।
















