Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख ३१, २०८३
☰
Logo बिहिबार, बैशाख ३१, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

लोकप्रिय समाचार

  • १. यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • २. आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ३. मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ४. विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५. काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

  • ६. चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ

  • ७. एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

  • ८. घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

  • ९. यस्तो रहने छ आजको राशिफल

  • १०. इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

दिनदिनै ठेला व्ययसायी लखेट्ने भरतपुर महानगर : चुनाव आएपछि लखेट्न छोड्यो

चितवन,बैशाख २०
नारायणगढमा डोकामा राखेर फलफूल बेच्दै आउनुभएकी शुष्मा उपरकोटीलाई अहिले पहिलाको जस्तो सास्ती छैन । ढुक्कका साथ सडक किनारम फलफूल बेच्न पाउनुभएको छ ।

‘सडकमा डोकैमा राखेर फलफूल डुलाउन लागेको पाँच वर्ष पुग्यो । यो अवधिमा महानगर प्रहरीले दैनिक लखेट्ने गरेको थियो । कति फलफूल जफत ग¥यो, पाँच/छ पटक त ढक तराजु समेत लग्यो’ सहिदचोकमा फलफूल बैच्दै गर्दा भेटिनुभएकी शुष्माले निधारको पसिना सलले पुछ्दै भन्नुभयो, ‘दुई महिना भयो नगरप्रहरीले लखेटेको छैन ।’

चितवनको नारायणगढमा फुटपाथ व्यवसायी भरिन थालेका छन् । पहिले फुटपाथ व्यवसायी देख्न साथ हटाउने गरेको महानगरले अहिले कडाई नगर्दा व्यवसायी भरिन थालेका हुन् ।

सहिदचोकमा डोकामा नै फलफूल राखेर बेच्दै आउनुभएकी तारा देवकोटा आजभोलि नगरप्रहरीले नलखेट्दा अचम्मित हुनुहुन्छ । ‘हामीलाई नगरप्रहरीले देख्ना साथ लखेट्थ्यो । यसरी नै व्यापार गर्न कहाँ पाइन्थ्यो र ? दुई महिना जति भयो नगरप्रहरीले देखेर पनि नदेखेजस्तै गर्छ,’ देवकोटाले भन्नुभयो, ‘यसरी नै हामीलाई गरिखाने वातावरण महानगरले मिलाउनुपर्छ ।’

नारायणगढको पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी लगायतका स्थानका सडक छेउमै तरकारी, फलफूल, कपडालगायतका व्यवसायी भरिन थालेका छन् । तर, महानगर प्रहरी भने मौन छ । नारायणगढ र सहिदचोकको बीचको फुटपाथमा कपडाको व्यापार गर्दै आउनुभएकी अस्मिता श्रेष्ठ चुनाव आएपछि प्रहरीले केही नगरेको बताउनुहुन्छ ।
‘अहिले त चुनाव छ । कसैले केही गरेका छैनन् । चुनाव पछि लखेट्ने होलान्,’ उहाँले भन्नुभयो, ‘भोटका लागि हामीलाई फकाएका होलान् ।’ अस्मिताले ठेलामा व्यापार गर्न लागेको १५ वर्ष पुग्यो । उहाँले दीर्घकालीनरुपमा व्यापार गर्ने वातावरण मिलाउन समेत आग्रह गर्नुभएको छ । फुटपाथमा व्यापार भरिन थालेपछि बटुवालाई समेत असहज हुँदै आएको छ ।

‘हिँड्ने ठाउँमा कपडा, जुत्ता, फलफूल, तरकारीका पसल छन्’ गैँडाकोटदेखि सपिङ गर्न आउनुभएका बाबुराम अधिकारीले भन्नुभयो, ‘दुई तीन ठाउँमा त लड्न पुगेँ ।’ उहाँले स्मार्ट सिटी भनेपनि महानगरले बजारलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो । भरतपुर महानगरले फुटपाथ व्यवस्थापन गर्नेगरि चार वर्षअघि नारायणगढस्थित बालकुमारी कन्या माविको दक्षिणतर्फ स्वरोजगार सस्तो बजार खोलेको थियो ।
तर, १७० स्टल रहेको त्यहाँ व्यापार हुन नसकेको भन्दै व्यवसायहरु सडकमै आउने गर्दछन् । फुटपाथमा पाँच वर्षदेखि व्यापार गर्दै आउनुभएकी हरिमाया तामाङ फलफूल र तरकारी बिक्रीका लागि उचित ठाउँको व्यवस्थापन गर्न महानगरलाई आग्रह गर्नुहुन्छ । ‘महानगरले हामीलाई व्यवस्थापन गर्छौँ भन्यो ।अहिलेसम्म गरेको छैन’, तामाङले भन्नुभयो, ‘फलफूल मान्छेले देखेपछि किन्ने वस्तु हो । हामीलाई मान्छेको चहलपहल हुने ठाउँमा व्यापार गर्न दिनुप¥यो ।’ पटक पटक लखेट्नुभन्दा दीर्घकालीन व्यवस्थापन गर्न उहाँले अनुरोध गर्नुभयो ।

फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न कठिन छ । केही व्यक्तिलाई व्यवस्थापन गरेपनि फेरि थपिने गरेका छन् । भरतपुर नारायणगढ क्षेत्रमा करिब ५०० को हाराहारीले ठेलामा व्यापार गर्ने गरेका छन् । उनीहरुले सडकमा व्यापार गर्दा सटर लिएर व्यापार गर्नेहरुलाई समस्या भएको व्यवसायीहरु बताउँछन् ।
‘हामीले यहाँ महँगो मूल्य तिरेर व्यापार गर्नुपरेको छ । हाम्रै अगाडि अव्यवस्थित रुपमा निःशुल्क व्यापार गरिरहेका छन्,’ सहिदचोकमा कपडा व्यापार गर्दै आउनुभएक शिव श्रेष्ठले भन्नुभयो, ‘यो ‘अव्यवस्थितलाई रोक्ने सरकार खै ?’ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले फुटपाथलाई व्यवस्थापन गर्न महानगरलाई अनुरोध गरेको बताउनुभयो । ‘हामीले महानगरलाई भनिरहेका छौँ । चुनाव आएर होला । पहलभएको छैन,’ उहाँले भन्नुभयो, ‘हामी बजारलाई व्यवस्थापन गर्न पटक पटक भन्ने गरेका छौँ ।’

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

ताजा समाचार

सबै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

कटहरियाका तीन बालक एकैसाथ बेपत्ता, बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप

गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर : सडक मिचेर बनाइएका टहरा भत्काइँदै

प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

रास्वपाको प्रथम महाधिवेशन चितवनमा

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

चितवनका एकसहित आठ जना पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • २.
    आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ३.
    मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ४.
    विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५.
    काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

  • ६.
    चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech