काठमाडाैं साउन ३०
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गाल्ने क्रम अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
उनका अनुसार सुन गाल्ने काम साढे १० बजेबाट शुरू भएको थियो । अब गाल्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।
गालेर सकेपछि सुनको यकिन तौल/विवरण सार्वजनिक गरिने छ ।
यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






