काठमाडौँ, २३ साउन
नेकपा (एमाले)को अवरोधपछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि पनि प्रमुख प्रतिपक्षी दल एमालेले नारबाजी गरेको थियो ।
संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको मागपछि सभामुख देवराज घिमिरले साउन बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।







