काठमाडाैं साउन २३,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग दोहोर्याएको छ । छानबिन समिति गठन नभए संसद्मा विरोध कायम राख्ने एमालेले चेतावनी दिएको हो ।
१३ दिनको अवरोधपछि मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समयमा एमाले सचिव योगेश भट्टराईले सर्वोच्चका न्यायाधीश या उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा छानबिन आयोग गठनको माग गरेका हुन् ।
‘सांसदलाई ह्विप नलगाई मदान गरौं, संसदले छानबिन समिति बनाउन हुन्न भनेर संसदले भन्यो भने हामी संसद् अवरोध त्यही बिन्दुबाट खुलाउछौं’ भट्टराईले भने, ‘सर्वोच्चका न्यायाधीश बस्ने हो कि उच्चका न्यायाधीश राख्ने हो निष्पक्ष आयोग बनाऔं, यसका लागि सभामुखले रुलिङ गर्नुहन्छ भन्ने विश्वास छ ।’