काठमाडौं, असोज २२-
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित हुदाँ सिरहा–५ वाट बिजयी भएका थिए भने २०७४ मा चितवन–३ वाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने गोरखा – २ वाट उम्मेदवार हुन लागेको हुन ।
बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ वाट निर्वाचन नलडने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो ।
माओवादी अध्यक्ष प्रचण्डले चारवटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन ।